थप ३ सय १२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु ।

 

काठमाण्डौ:
देशभर थप ३ सय १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ६ सय ९३ जनामा परीक्षण गर्दा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ सय ११ जना निको भएका छन् । कोरोनाकै कारण एक दिनमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । ९ हजार ७ सय ६३ होम आइसोलेसन र ३ सय २७ जना संस्थागत आइसोलेसनमा छन् । यसमध्ये १ सय ५ जनाको आइसियु र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP