थप ३ सय १२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु ।
काठमाण्डौ:
देशभर थप ३ सय १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ६ सय ९३ जनामा परीक्षण गर्दा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९ सय ११ जना निको भएका छन् । कोरोनाकै कारण एक दिनमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । ९ हजार ७ सय ६३ होम आइसोलेसन र ३ सय २७ जना संस्थागत आइसोलेसनमा छन् । यसमध्ये १ सय ५ जनाको आइसियु र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


