थप ३५० जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु ।

काठमाण्डौ:

नेपालमा थप ३५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप ३५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७ हजार ९६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

३ हजार ५३८ जनामा पिसिआर गर्दा १९८ जनामा र ३ हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन्। एक हजार २७२ जना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभर १३ हजार ३५७ सक्रिय संक्रमित छन्।

 

Facebook Comments Box
TOP