बेलायतमा ओमिक्रोन भाइरस आक्रमक रुपमा बढ्दै, दैनिक सङ्क्रमितको सङ्ख्या झन्डै दुई लाखको हाराहारीमा ।
लण्डन:
बेलायतमा ओमिक्रोन भाइरसका बढ्दै गएपछि विशेषगरि स्वास्थ्य क्षेत्र निकै प्रभावित बन्दै गएको छ । पछिल्लो समय बेलायतमा दैनिक सङ्क्रमितको सङ्ख्या झन्डै दुई लाखको हाराहारीमा पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा एक लाख ५७ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । अघिल्लो हप्ताको तुलनामा दैनिक सङ्क्रमित सङ्ख्या ४५ प्रतिशतले बढेको हो । बेलायतमा हाल सङ्क्रमित सङ्ख्या महामारीयताकै उच्च हो । अघिल्लो पटक सङ्क्रमण दर उच्च हुँदा दैनिक ६८ हजारको हाराहारीमा रहेको थियो भने योपटक करिब तीन गुणा बढी छ ।
नयाँ भाइरस पहिलाको डेल्टा भाइरस जस्तो घातक नभएपनि तीव्र रूपमा फैलिने भएकाले बेलायतका अस्पतालहरूमा दिनहुँ बिरामीको चाप बढ्न थालेको छ । उता स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरू नै सङ्क्रमित हुन थालेपछि अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ । बेलायतको नेशनल हेल्थ सर्भिसमा काम गर्ने कर्मचारीहरूमध्ये अहिले १० जनामा एकजना कर्मचारी सङ्क्रमित भएर अनुपस्थित भएको बताइएको छ । लिंकनसायर हस्पिटल ट्रष्टले अस्पतालमा कोभिड सङ्क्रमणका कारण कर्मचारी अभाव भएको भन्दै ‘सङ्कटपूर्ण अवस्था’ आएको बताएको छ । लन्डन, योर्कसायर र इसेक्सका दर्जन बढी अस्पतालले कोभिड बिरामी बढेपछि भेटघाटका लागि भिजिटर आउन प्रतिबन्ध लगाएका छन् ।
संक्रमणदर बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९१५ जना अस्पताल भर्ना भएका छन् । हाल बेलायतका अस्पतालमा एघार हजार ९१८ जनाको उपचार भइरहेको छ भने ८६८ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…