संक्रमितको संख्या बढ्दै, थप ४३५ जनामा कोरोना पुष्टि ।

काठमाण्डौ:

पछिल्लो २४ घन्टामा देशभरका ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ७१५ पिसिआर र ३ हजार ५५२ एन्टिजेन गरी कूल १० हजार २६७ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २३९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

Facebook Comments Box
TOP