पछिल्लो २४ घन्टामा ५४० जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा विद्यालयस्तरमा कोरोना भाइरसको संक्रमण फैलिदै ।
काठमाण्डौ:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ७ हजार २०९ पिसिआर र ४ हजार ८९० एन्टिजेन गरी कूल १२ हजार ९९ जनामा गरिएको नमुना परीक्षणमा ५४० जनामा कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २७१ जना संक्रमणमुक्त भएका छन् । भने, सोही अवधिमा एक जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ रहेको मन्त्रालयले जनाएको छ।
यसैबीच काठमाडौं उपत्यकामा विद्यालयस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा कोरोना संक्रमण फैलिएपछि कतिपय विद्यालयले आकस्मिक रुपमा बन्द घोषणा गरेका छन् ।
काठमाडौं उपत्यकाका केही विद्यालयले धमाधम विद्यालय बन्दको घोषणा गरी कम्तिमा दुई हप्ता नखोल्ने सूचना जारी गरेका छन् । त्यस्ता विद्यालयले विद्यार्थीहरुमा कोरोना भाइरसको परीक्षण समेत गर्न भनेका छन् । पछिल्लो समय ओमिक्रन प्रजातिको कोरोना भाइरस फैलिइरहेको छ । यसले जनजीवन प्रभावित बन्दै गएको छ । चीसो बढेसँगै कोरोनाको खतरा झन् बढेको देखिदैछ । बालबालिका र किशोरकिशोरीमा समेत संक्रमणको असर बढेर गएको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


