स्याङ्गजाका ७५ सहित गण्डकीका थप ९४९ जनामा कोरोना पुष्टि ।

पोखरा:
पछिल्लो २४ घण्टामा स्याङ्गजाका ७५ सहित गण्डकीका थप ९४९ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६३१ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

सोमबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत स्याङ्गजाका ७५ सहित कास्कीका ४५६ जना, तनहुँका १०० जना, गोरखाका २५ जना, लमजुङका ९६ जना र नवलपुरका ४७ जना, पर्वतका ७८ जना, बाग्लुङका नौ जना, म्याग्दीका ४९ जना र मुस्ताङ जिल्लाका चार जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९४ हजार ९५९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १८६ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ८०१ पुगेको छ। भने, अहिले प्रदेशभर ५ हजार ७२५ सक्रिय संक्रमित छन् ।
गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४३३ रहेको निर्देशनालयले जनाएको छ ।

Facebook Comments Box
TOP