स्याङ्गजाका १२३ जना सहित गण्डकीका थप ९०० जनामा कोरोना पुष्टि, दुईको मृत्यु ।

पोखरा:
पछिल्लो २४ घण्टामा स्याङ्गजाका १२३ जना सहित गण्डकीका थप ९०० जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ७०२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

शुक्रबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत स्याङ्गजाका १२३ जना सहित कास्कीका ४८९ जना, तनहुँका ६९ जना, गोरखाका ४० जना, लमजुङका ४५ जना र नवलपुरका ६१ जना,, पर्वतका १६ जना, बाग्लुङका ३७ जना, म्याग्दीका १९ जना र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९२ हजार ८८५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १२१ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ३३६ पुगेको छ। भने, अहिले प्रदेशभर ४११७ सक्रिय संक्रमित छन् । शुक्रबार गण्डकीमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा गोर्खा जिल्ला गोरखा नगरपालिका -११ निवासी ४० वर्षीय पुरुष र पर्वत जिल्ला कुश्मा नगरपालिका-१३ निवासी २३ वर्षीया युवती छिन् । योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४३२ पुगेको निर्देशनालयले जनाएको छ ।

Facebook Comments Box
TOP