थपिए ६ हजार ४६२ संक्रमित, ४ जनाको मृत्यु ।

काठमाण्डौ:
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३७७ पीसीआर र ४ हजार ६० एन्टिजेन परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोरोनाको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५५ पुगेको छ।यस्तै, आइतबार १ हजार ४१६ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २१५ जना आईसीयूमा र ४० जना भेन्टिलेटरमा मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
TOP