बालबालिकालाई लगाउन जर्मनीद्वारा ४१ लाख ४२ हजार डोज खोप सहयोग।
काठमाण्डौ
जर्मनीले नेपाललाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराएको छ। कोभ्याक्स सुविधाअन्तर्गत ४१ लाख ४२ हजार दुई सय ५० डोज खोप उपलब्ध गराएको हो।
उपलब्ध गराएको खोपमध्ये २१ लाख ७६ हजार ६ सय ५० डोज जोन्सन एन्ड जोन्सन र १९ लाख ६५ हजार ६ सय डोज मोडर्ना खोप रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्राप्त खोप १२ वर्षदेखि माथिका र १८ वर्षमुनिका बालबालिकालाई प्राथकिमताका साथ लगाइनेछ। पुस ४ गतेदेखि देशभरका ६६ वटा जिल्लाबाट उक्त खोप लगाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार पहिले लगाउन छुटेका बालबालिकालाई यो खोप लगाइनेछ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


