बालबालिकालाई लगाउन जर्मनीद्वारा ४१ लाख ४२ हजार डोज खोप सहयोग।

corona-check

काठमाण्डौ
जर्मनीले नेपाललाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराएको छ। कोभ्याक्स सुविधाअन्तर्गत ४१ लाख ४२ हजार दुई सय ५० डोज खोप उपलब्ध गराएको हो।
उपलब्ध गराएको खोपमध्ये २१ लाख ७६ हजार ६ सय ५० डोज जोन्सन एन्ड जोन्सन र १९ लाख ६५ हजार ६ सय डोज मोडर्ना खोप रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्राप्त खोप १२ वर्षदेखि माथिका र १८ वर्षमुनिका बालबालिकालाई प्राथकिमताका साथ लगाइनेछ। पुस ४ गतेदेखि देशभरका ६६ वटा जिल्लाबाट उक्त खोप लगाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार पहिले लगाउन छुटेका बालबालिकालाई यो खोप लगाइनेछ।

Facebook Comments Box
TOP