थप एक जनामा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ र २२ जनामा डेल्टा भेरियन्टको पुष्टि ।

काठमाण्डौ
नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिइन् ।
५८ वर्षीय पुरुषमा ओमिक्रोन देखिएको र उनी स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा रहेको उनले जानकारी दिइन् । उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको पनि प्रवक्ता मिश्रले जानकारी दिइन् । यसअघि दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । दुवैजना संक्रमणमुक्त भइसकेका छन् । त्यस्तै २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको उनको भनाइ छ ।
उनका अनुसार हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन् । संक्रमितम्धये ८ लाख ९ हजार ६५९ जना निको भएका छन् भने ११ हजार ५९९ जनाको मृत्यु भएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…