विश्वभर कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च ।

 

काठमाण्डौ:

ओमिक्रोन भेरियन्टका कारण विश्वभर कोरोनाभाइरसको संक्रमण अहिलेसम्मकै उच्च भएको छ।वर्ल्डोमिटरका अनुसार पुस १३ गते संसारभर एकैदिन १२ लाख २२ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ।

संयुक्त राज्य अमेरिका र युरोपका विभिन्न मुलुकमा कोरोनाको संक्रमण ह्वात्तै बढेको हो। मंगलबार अमेरिका ३ लाख १२ हजार, बेलायतमा १ लाख २९ हजार, फ्रान्समा १ लाख ७९ हजारमा संक्रमण भएको छ। स्पेन, इटाली र जर्मनीलगायत मुलुकमा पनि संक्रमण बढेको छ।

Facebook Comments Box
TOP