थप २२० जनामा कोरोना संक्रमण, २५३ संक्रमणमुक्त ।
काठमाण्डौ:
पछिल्लो २४ घन्टामा देशभरका २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ४३३ पिसिआर र १ हजार १७५ एन्टिजेन गरी कूल ७ हजार ६०८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २५३ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा दुई जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ रहेको मन्त्रालयले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


