थप ४०८ जना कोरोना, ८ को मृत्यु ।

काठमाडौं:

पछिल्लो २४ घण्टामा देशभर ४०८ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार ८९९ वटा नमूनाको परीक्षण गर्दा ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४०७ पुगेकोे छ ।

त्यस्तै, आइतबार ५१८ जना संक्रमणमुक्त भएका छन् ।हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ पुगेको छ ।

Facebook Comments Box
TOP