थप ३७२ जनामा कोरोना, ११ जनाको मृत्यु ।

काठमाण्डौ
जनसंख्या मन्त्रालयका अनुसार शनिबार नेपालमा थप ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ७ हजार ९११ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ५ हजार ३१६ जनाको पिसिआर परीक्षण र २५९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ९ हजार ५२६ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३९९

पुगेको छ। ९११ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.४ प्रतिशत छ।

Facebook Comments Box
TOP