स्याङ्गजाका १२ जनामा कोरोना पुष्टि, एकको मृत्यु ।
पोखरा:
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा स्याङ्गजाका १२ जना कोरोना पुष्टि पुष्टि भएको छ एकको मृत्य भएको छ। यसका साथै गण्डकीमा आज कुल ११२ जनामा कोरोना पुष्टि भएको छ।
गण्डकीका ७१७ जनामा गरिएको नमुना परीक्षणमा थप ११२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा स्याङ्गजा सहित गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ७० जना, तनहुँका १० जना, गोरखाका आठ जना, लमजुङका दुई जना र नवलपुरका पाँच जना, पर्वतका एक जना, बागलुङका तीन जना, र म्याग्दीका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८५ हजार ९८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २६४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८३ हजार ५५८ पुगेको छ। गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १०५९ रहेको छ।
सोमबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुने अन्यमा कास्कीका दुई जना, तनहुँका एक जना र म्याग्दी जिल्लाका एक जना छन्।
आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३७१ पुगेको निर्देशनालयले जनाएको छ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…