थप ७९२ जनामा कोरोना, १४ जनाको मृत्यु, चाडपर्वमा थप सचेत हुन जरुरी ।
काठमाडौं:
पछिल्लो २४ घण्टामा थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार ६० पीसीआर परीक्षणमा ६९१ र दुई हजार ५५९ एन्टिजेन परीक्षणमा १०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।
गत २४ घण्टामा ९१० संक्रमित संक्रमणमुक्त भएका छन् ।सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ रहेको मन्त्रालयले जनाएको छ ।कोरोनाको संक्रमण केहि घटेपनि चाडपर्वमा अझै बढ्न सक्ने हुनाले सबैले स्वास्थ्यको सम्पुर्ण नियम पालन गरि पर्व मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह रहेको छ ।
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…