सात सय ६४ संक्रमित , १० को मृत्यु ।

काठमाडौं:
पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ सय ६४ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार १० हजार ६ सय ८८ जनाको परीक्षणबाट ७ दशमलव १५ प्रतिशत संक्रमित थपिएका हुन् ।त्यस्तै एक हजार ३३ जना संक्रमणमुक्त भएका छन् । १० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय १० पुगेको छ । हाल १५ हजार ६ सय १४ जना सक्रिय संक्रमित रहेका छन् ।

Facebook Comments Box
TOP