स्याङ्जामा जिपको ठक्करबाट ६ बर्षका बालकको मृत्यु ।

स्याङ्जा :
स्याङ्जाको पुतलीबजारमा जिपको ठक्करबाट शनिवार साँझ ६ बर्षका बालकको ज्यान गएको छ । पुतलीबजार १० राङ्खोलाबाट समाताटोल तर्फ जाँदै गरेको लु १ च ६०९७ नम्वरको जिपले स्थानीय सुमन गुरुङका छोरा आयोन गुरुङलाई ठक्कर दिएको हो । ठक्करबाट बालक गुरुङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जिपका चालक पुतलीबजार १० का २८ बर्षीय निरज शाही फरार रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP