अगार्निक खेतीलाई प्रवर्धन गर्न वालिङमामा गड्यौले मल उत्पादन सम्वन्धी तालिम

वालिङ :
अर्गानिक खेतीलाई प्रवर्धन गर्न वालिङमा गड्यौले मल उत्पादन सम्वन्धी तालिम दिन शुरु गरिएको छ । कम्पोष्ट मल उत्पादन गरी अगार्निक तरकारी खेतीको बिस्तार गर्ने योजना अनुशार तालिम सञ्चालन गरिएको हो ।
वालिङमा सञ्चालन भईरहेको हरियाली पुनःउत्थान परियोजना अन्तर्गत नगरपालिकाका वडा नम्वर १,२,३ र ४ मा तालिम सञ्चालन गरिएको परियोजना प्रमुख बिशाल बगालले जानकारी दिनुभयो । नगरका १४ वटै वडामा तालिम सञ्चालन गरिने बगालेले बताउनु भयो ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको साझेदारीमा वालिङ प्रोडक्ट होल्डिङले फोहरमैला व्यवस्थापन तथा फोहरमैलालाई स्रोतको रुपमा प्रयोग गर्ने गरी परियोजना सञ्चालन गरिरहेको छ ।


वालिङ २ मा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष पोत प्रसाद लम्सालले कृषकलाई बिस्तारै अर्गानिक खेती तर्फ लैजानु पर्ने बताउनु भयो । तालिममा वालिङ प्रोडक्ट होल्डिङका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङ,दियालो संस्थाका अध्यक्ष कविता तिवारी, फिल्ड टेक्निसयन सन्देश अर्याल लगायतले बोलेका थिए । तालिममा २३ जना कृषकको सहभागिता रहेको थियो ।
त्यस्तै वालिङ ३ मा भएको कार्यक्रममाा वडा अध्यक्ष सुक बहादुर गुरुङ, वालिङ प्रोडक्ट होल्डिङका उपाध्यक्ष तथा परियोजना लिडर नेत्र प्रसाद सुवेदी,परियोजना प्रमुख बिशाल बगाले लगायतले बोलेका थिए । तालिममा १९ जनाको सहभागिता रहेको थियो भन १९ किला गड्यौला, भिटामिन बि लगायत बितरण गरिएको वालिङ प्रोडक्ट होल्डिङका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङले जानकारी दिनुभयो ।

 

Facebook Comments Box
TOP