काँग्रेस वडा अधिवेशन : स्याङ्जाका ९७ मध्ये सबै वडाको नजिता आयो (नामावलीसहित)

nc flag tree

राधाकृष्ण डुम्रे/स्याङ्जा :
नेपाली काँग्रेसको महाधिवेशन औपचारिक रुपमा शुरु भएसँगै चहलपहल र नेतृत्व आआफ्नो पोल्टामा पार्नको लागि कसरत शुरु भईसकेको छ ।
महाधिवेशनको शुभारम्भ अन्तर्गत भएको वडा अधिवेशनको नतिजा आईरहेकाछन् । ९७ वडा रहेको स्याङ्जा जिल्लामा ९५ वटा वडामा नेतृत्व पाईसकेकाछन् ।
आईतवार मध्यान्ह सम्म ९४ वडाको वडा सभापति चयन भएको नेपाली काँग्रेस स्याङ्जाको जिल्ला अधिवेशनका निर्वाचन अधिकारी अधिवक्ता रामचन्द्र (आरसी) गौतमले जानकारी दिनुभयो । निर्वाचन अधिकृत गौतमका अनुसार बाँकी वडाहरुमा निर्वाचनको सम्पुर्ण प्रक्रिया अगाडि बढाइएको छ ।
वालिङ नगरपालिकामा रहेका १४ वडामध्ये १३ वटामा सर्वसम्मत रुपमा वडा सभापति चयन गरिएको छ भने बाँकीमा १ वटा वडा निर्वाचन प्रक्रिया अगाडि बढाइएको निर्वाचन समितिले बताएको छ ।
वडा नम्वर १ मा राजु रेग्मी,वडा नम्वर २ मा पोतप्रसाद लम्साल, वडा नम्वर ३ मा औ बहादुर गुरुङ, वडा नम्वर ४ मा कमल प्रसाद गुरुङ, वडा नम्वर ५ मा छविलाल आले, वडा नम्वर ६ मा भोजेन्द्र बहादुर थापा, वडा नम्वर ७ मा भोजराज गुरुङ, वडा नम्वर ८ मा कमल प्रसाद सुवेदी (निर्वाचन मार्फत) वडा नम्वर ९ मा यामकान्त गैरे, वडा नम्वर १० मा नेत्रप्रसाद सुवेदी, वडा नम्वर ११ मा टिकाराम पराजुली, वडा नम्वर १२ मा श्याम बहादुर गुरुङ, वडा नम्वर १३ मा हेमन्त गैरै र वडा नम्वर १४ मा टुक बहादुर श्रेष्ठ वडा सभापतिमा निविरोध निर्वाचत हुनु भएको छ भने वडा ६ र ८ मा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।

पुतलीबजार नगरपालिका रहेका १४ वडामध्ये वडा नम्वर १ मा छायादत्त सापकोटा, वडा नम्वर २ मा बालकुमार गुरुङ, वडा नम्वर ३ मा कमलकान्त उपाध्याय निर्वाचनबाट, वडा नम्वर ४ मा इश्वर पोखरेल, वडा नम्वर ५ मा रामचन्द्र रेग्मी, वडा नम्वर ६ मा कृष्ण बहादुर कार्की ६ मा, वडा नम्वर ७ मा नेरेन्द्र विक्रम थापा,वडा नम्वर ८ मा इम बहादुर सेन, वडा नम्वर ९ मा जग बहादुर गुरुङ, वडा नम्वर १० मा अग्नीप्रसाद पौडेल, वडा नम्वर ११ मा यामबहादुर केसी, वडा नम्वर १२ मा खेम बहादुर गुरुङ, वडा नम्वर १३ मा दुर्गा गौतम निर्वाचित हुनु भएको छ । त्यस्तै वडा नम्वर १४ मा राजेन्द्र कुमार भण्डारी निर्वाचन प्रक्रिया मार्फत चयन हुनु भएको छ ।

भीरकोट नगरपालिकाका सम्पुर्ण वडाहरुको वडा सभापति सर्वसम्मत चयन गरिएको छ । वडा नम्वर १ मा क्षेत्र बहादुर थापा, वडा नम्वर २ मा रमेश पौडेल, वडा नम्वर ३ मा विजय काफ्ले, वडा नम्वर ४ मा रत्न प्रसाद श्रेष्ठ, वडा नम्वर ५ मा सु. कृष्ण बहादुर थापा, वडा नम्वर ६ मा हिम बहादुर खत्री, वडा नम्वर ७ मा शालिकराम अर्याल, वडा नम्वर ८ मा खडानन्द खनाल र वडा नम्वर ९ मा हरि बहादुर राना वडा सभापति पदमा निर्वाचित भएका हुन् ।

गल्याङ नगरपालिकामा रहेका ११ वडामध्ये १० वटा वडामा सर्वसम्मत वडा सभापति चयन गरिएको छ भने बाँकी एउटा वडामा निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । वडा नम्वर १ मा मणिप्रसाद बस्याल, वडा नम्वर २ मा धन बहादुर थापा, वडा नम्वर ३ मा गोपाल भट्टराई र वडा नम्वर ४ मा मणिप्रसाद न्यौपाने, वडा नम्वर ५ मा तुल्सीराम पाण्डे, वडा नम्वर ६ मा चेतनाथ चापागाई (चन्द्र), वडा नम्वर ७ मा सौ नारायण गुरुङ्, वडा नम्वर ८ मा सुवर्ण श्रेष्ठ, वडा नम्वर ९ मा नेत्रलाल अर्याल, वडा नम्वर १० मा मुक्तिप्रसाद खनाल, सर्वसम्मत निर्वाचित हुनुभएको छ भने वडा ११ मा लक्ष्मण डुम्रे निर्वाचित हुनु भएको छ ।

चापाकोट नगरपालिकामा रहेका १० वडामध्ये ७ वटा वडामा सर्वसम्मत वडा सभापति चयन गरिएको छ भने बाँकी २ वटामा निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । वडा नम्वर १ मा कृष्ण प्रसाद भण्डारी निर्वाचनबाट, वडा नम्वर २ मा डोलराज खनाल, वडा नम्वर ३ मा कृष्णप्रसाद ज्ञवाली, वडा नम्वर ४ मा नारायणप्रसाद पौडेल, वडा नम्वर ५ मा दलनारायण श्रेष्ठ, वडा नम्वर ६ मा कृष्ण प्रसाद पोख्रेल,वडा नम्वर ७ मा सुर्यप्रसाद पाठक, वडा नम्वर ८ मा टोपलाल न्यौपाने र वडा नम्वर ९ मा मणिप्रसाद खनाल र वडा नम्वर १० मा सहमतीका आधारमा भुवन भण्डारी निर्वाचित हुनुभएको छ ।

आँधीखोला गाउँपालिका रहेका ६ वडा मध्ये वडा नम्वर १ मा नरबहादुर घर्ती, वडा नम्वर २ मा कलाधर पौडेल, वडा नम्वर ३ मा प्रेम नारायण पौडेल, वडा नम्वर ४ मा खेमराज पौडेल,वडा नम्वर ५ मा थमन बहादुर बोगटी, वडा नम्वर ६ मा पिताम्बर सापकोटा सर्वसम्मत वडा सभापतिमा निर्वाचित हुनुभएको छ ।

अर्जुनचौपारी गाउँपालिकामा रहेका ६ वडा मध्ये वडा नम्वर १ मा रण बहादुर थापा,वडा नम्वर २ मा गंगाबहादुर गुरुङ, वडा नम्वर ३ मा हरी काफ्ले, वडा नम्वर ४ मा भुवनसिंह गुरुङ, वडा नम्वर ५ मा बलबहादुर क्षेत्री, र वडा नम्वर ६ मा महेश्वर पौडेल निर्विरोध वडा सभापतिमा निर्वाचित भएकाछन् ।

फेदीखोला गाउँपालिका रहेका ५ वडामध्ये सबै वडाहरुले नेतृत्व पाईसकेको छ । वडा नम्वर १ मा अमृत क्षेत्री, वडा नम्वर २ मा लेख बहादुर जिसी, वडा नम्वर ३ मा मानबहादुर विसी, वडा नम्वर ४ मा भरत बहादुर गुरुङ, वडा नम्वर ५ मा माया पनेरु निर्वाचित हुनु भएको छ । वडा नम्वर १ मा निर्वाचन भएको हो भने अन्य सबै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको काँग्रेसले जनाएको छ ।
विरुवा गाउँपालिकामा पनि सबै वडामा वडा सभापति सर्वसम्मत रुपमा चयन गरिएको छ । ८ वडा रहेको विरुवा गाउँपालिकामा वडा नम्वर १ मा लालबहादुर हमाल, वडा नम्वर २ मा नोम बहादुर गुरुङ, वडा नम्वर ३ मा लालबहादुर गौतम, वडा नम्वर ४ मा ज्योति प्रकाश थापा, वडा नम्वर ५ मा शुशील कुमार शर्मा, वडा नम्वर ६ मा कृष्ण प्रसाद लम्साल, वडा नम्वर ७ मा मेखराज गुरुङ र वडा नम्वर ८ मा अनिल राना सभापतिमा चयन भएकाछन् ।

हरिनास गाउँपालिकामा रहेको ७ वटै वडामा सहमतीका आधारमा वडा सभापति चयन गरिएको छ । जसमा वडा नम्वर १ मा देव बहादुर थापा , वडा नम्वर २ मा चित्र बहादुर थापा सिंजाली, वडा नम्वर ३ मा कृष्ण बहादुर भुजेल, वडा नम्वर ४ मा बागधन राना, वडा नम्वर ५ मा केशव बहादुर लम्साल, वडा नम्वर १ मा जीव नारायण मानान्धर, वडा नम्वर ७ मा भेषराज थापा रहनु भएको छ ।

कालीगण्डकी गाउँपालिकामा रहेको ७ वडामध्ये वडा ७ मा बाहेकसम्पुर्ण वडाहरुमा सर्वसम्मत वडा सभापति चयन गरिएको छ । तिर्थबहादुर सोमै १ मा, शमशेर सिंह थापा, २ मा, भेषराज पाण्डे ३ मा , खिमानन्द पाण्डे ४ मा, रुक बहादुर थापा ५ र सुन्दर न्यौपाने ६ को वडा सभापतिमा सुन्दर न्यौपाने निर्वाचित हुनु भएको छ ।

Facebook Comments Box
TOP