इजरायली भाषा परीक्षामा दुई हजार उत्तीर्ण : अन्तर्वार्ता असोज ४ देखि ९ गतेसम्म ।

काठमाण्डौ:

केयरगिभरुका लागि इजरायल जानेहरूका लागि लिइएको अंग्रेजी भाषा परीक्षामा दुई हजार ३९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सात हजार नौ परीक्षार्थी सहभागी थिए।

उत्तीर्ण भएकाहरूको उचाइ र तौल परीक्षण गरिनेछ। जसका लागि असोज, १, २ र ३ गते बिहान र दिउँसोको समय तोकिएको छ। परीक्षा व्यवसायिक तथा विकास तालिम प्रतिष्ठान भैंसेपाटीमा हुने उल्लेख गरिएको छ। लिखित परीक्षा उत्तीर्ण गरी उचाइ र तौल तोकिएअनुसार हुनेहरूको अन्तर्वार्ता मिति समेत तोकिएको छ। उनीहरूको अन्तर्वार्ता असोज ४ गतेदेखि ९ गतेसम्म हुनेछ।

परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ। सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामावाली तयार गर्ने विभागले जनाएको छ। सो नामावली विभागले इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी ९पीआइबिए०लाई पठाई सोको विवरण विभागको वेबसाइटमा प्रकाशन गर्नेछ। विभागले पठाएको सूचीबाट इजरायलको पिआइबिएले छनोट गर्नेछ।

पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्। विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ।

इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ। भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ।

अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ। विभागकाअनुसार नर्सिङ होम तथा केयर होमलगायत संस्थामा उनीहरूले रोजगारी पाउने छन्। भिसा अवधि पाँच वर्षको रहेको छ। कमाइ मासिक डेढ लाखभन्दा बढी नेपाली रूपैयाँ हुने उल्लेख छ।

केयरगिभरमा जान के–के योग्यता चाहिन्छरु:

नेपाली नागरिक २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको।

उचाइ कम्तीमा एक दशमलव पाँच मिटर ९चार दशमलव नौ फिट।

तौल ४५ केजी।

शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको।

अंग्रेजी भाषामा दक्ष।

शारीरिक तथा मानसिक रूपमा स्वस्थ र असल चरित्र भएको।

Facebook Comments Box
TOP