पछिल्लो २४ घण्टामा एक हजार ६६ जनामा कोरोना , १६ जनाको मृत्यु ।

काठमाण्डौ :
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ६६ जना संक्रमित थपिएका छन भने १६ जनाको मृत्यु भएको छ।

जम्मा ११ हजार तीन सय ८५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। आठ हजार पाँच सय ४० जनाको पिसिआर परीक्षण र दुई हजार आठ सय १८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल २५ हजार ८२ जना सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भए सँगै कुल मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ। त्यस्तै २४ घण्टामा एक हजार दुई सय ३४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

Facebook Comments Box
TOP