थप १ हजार ८९ संक्रमित, २० को मृत्यु ।

काठमाण्डौ :

आइतबार देशभर १ हजार ८९ जनामा कोरोना संक्रमण देखिएको छ भने २० जना संक्रमितको मृत्यु पुष्टि भएको छ। ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  कुल ७ हजार ९७१  नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

यो सहित हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५३४ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार हालसम्म संक्रमितमध्ये ९४।५ प्रतिशत निको भइसकेका छन् भने १।४ प्रतिशतको मृत्यु भएको छ। बाँकी ४ प्रतिशत सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितको संख्या देशभर ३१ हजार २४८ पुगेको छ।

हाल देशभरका अस्पतालमा ५२३ जना संक्रमितको सघन उपचार कक्षमा उपचार भइरहेको छ। तिमध्ये १६२ जना भेन्टिलेटरको सहायतामा छन्।

Facebook Comments Box
TOP