पछिल्लो २४ घण्टामा २००४ जनामा कोरोना, १६ को मृत्यु ।

काठमाडौ :
नेपालमा पछिल्लो २४ घण्टामा थप २००४ जना कोरोना संक्रमित थपिएका छन् भने कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण हुनेमा काठमाडौं उपत्यकामा सबैभन्दा बढि रहेका छन् । उपत्यकामा ७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा देशका १ हजार ८४६ जना डिस्चार्ज भएका छन् । यस्तै, आज मृ्त्यु भएका सहित हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।

Facebook Comments Box
TOP