स्याङ्गजाका १८ जनामा कोरोना पुष्टि, संक्रमण रिपोर्टमा कमी आएपनि सर्तकता अपनाउनु पर्ने ।

corona

पोखरा:

मंगलबार स्याङ्गजाका १८ सहित गण्डकीका २९७ जनामा कोरोना पुष्टि भएको छ। कोरोना संक्रमण संख्यामा कमी भएपनि यसको संक्रमण दर भने घटेको छैन । पछिल्लो २४ घण्टामा गण्डकीका ९७० जनामा गरिएको नमुना परीक्षणमा थप २९७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका अरु सात जिल्लाका पनि छन् । जसअन्तर्गत पर्वतका ३४ जना , तनहुँका ३० जना, गोरखाका पाँच जना, कास्कीका १६२ जना, लमजुङका १३ जना र नवलपुरका १९ जना, र बागलुङका १६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८१ हजार ५७५ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३१९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७७ हजार २२ पुगेको छ।

मंगलबार गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा म्याग्दी र लमजुङका एक-एक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९५ पुगेको छ।
कोरोना संक्रमण दर अझै पनि नघटेको  हुनाले सर्तकता अपनाउनु पर्ने प्रदेश स्वास्थ्य निर्देशनालयको आग्रह छ ।

Facebook Comments Box
TOP