स्याङ्गजाका ४० सहित गण्डकीमा ४५६ मा कोरोना, १० को मृत्यु ।
पोखरा
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा स्याङ्गजाका ४० जना सहित गण्डकीमा ४५६ जनामा कोरोना पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । जम्मा १३३४ जनामा गरिएको नमुना परीक्षणमा ४५६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा स्याङ्गजा सहित गण्डकीका नौ जिल्लाका रहेकाछन् । जसअन्तर्गत कास्कीका १४४ जना, तनहुँका २६ जना, गोरखाका ३६ जना, लमजुङका एक जना र नवलपुरका ५२ जनामा, पर्वतका १६ जना, बागलुङका ११८ जना र म्याग्दी जिल्लाका २३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको जम्मा संख्या ७७ हजार ३४३ पुगेको छ । त्यस्त पछिल्लो २४ घण्टामा गण्डकीबाट ६८८ जना कोरोनामुक्त भएका छन् । यो संगै संगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६९ हजार ६६० पुगेको छ।
आज मृत्यु पुष्टि हुने १० जनामा, स्याङ्गजाका दुई जना, नवलपुरका एक जना, बागलुङका एक जना,तनहुँका दुई जना, पर्वतका एक जना, कास्की पोखराका दुई जना र लमजुङका एक जना रहेकाछन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२१६ पुगेको निर्देशनालयले जनाएको छ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


