स्याङ्गजाका ५८ सहित गण्डकीमा ६५४ मा कोरोना, सातको मृत्यु ।

पोखरा:

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा स्याङ्गजाका ५८ सहित गण्डकीका ६५४ जनामा कोरोना, पुष्टि भएको छ भने सात जनाको मृत्यु भएको छ । जम्मा १२६८ जनामा गरिएको नमुना परीक्षणमा उक्त जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा स्याङ्गजा सहित गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २५५ जना, तनहुँका १०२ जना, गोरखाका ३९ जना, लमजुङका छ जना र नवलपुरका ६३ जना, पर्वतका २२ जना, बागलुङका ९७ जना र म्याग्दी जिल्लाका १० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७४ हजार ५१५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३३२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६६ हजार ९०७ पुगेको छ।

आज मृत्यु हुने सातै जना कास्कीका रहेका छन । आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२६१ पुगेको निर्देशनालयले जनाएको छ ।

Facebook Comments Box
TOP