पछिल्लो २४ घण्टामा ३ हजार ७५ मा कोरोना, ३३ को मृत्यु ।
काठमाण्डौ:
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३३ जनाको ज्यान गएको छ ।
जम्मा १६ हजार ४३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। परिक्षण मध्य ११ हजार ९४६ जनाको पिसिआर र ४ हजार ४९२ जनाको एन्टिजेनबाट गरिएको थियो। त्यस्तै, थप २ हजार १२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
आज मृत्यु भएकासँगै मृत्यु हुनेको कुल संख्या १० हजार ४२९ पुगेको छ। हाल सक्रिय संक्रमित ४० हजार ५ सय छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


