स्याङ्गजाका ६८ सहित गण्डकीमा ६८० मा कोरोना, स्याङ्गजाका दुईको मुत्यु ।

corona virus

पोखरा:

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा स्याङ्गजाका ६८ सहित गण्डकीमा ६८० मा कोरोना पोजेटिभ देखिएको छ भने स्याङ्गजाका दुई सहित प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । जम्मा १२५६ जनामा गरिएको नमुना परीक्षणमा उक्त जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा स्याङ्गजा सहित प्रदेशका दश जिल्लाका रहेकाछन् । जसअन्तर्गत कास्कीका १९७ जना, तनहुँका ३४ जना, गोरखाका १२१ जना, लमजुङका २३ जना र नवलपुरका ५४ जना, पर्वतका ८८ जना, बागलुङका ८४ जना, म्याग्दीका १० जना र मुस्ताङ जिल्लाका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७३ हजार ८६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५१९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६६ हजार ५७५ पुगेको छ।

बुधबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा स्याङ्गजाका दुई सहित बागलुङका एक जना, कास्कीका एक जना र तनहुँका एक जना छन्।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११५४ पुगेको निर्देशनालयले जनाएको छ ।

 

Facebook Comments Box
TOP