पछिल्लो २४ घण्टामा ४१०७ मा कोरोना, ३५ को मृत्यु ।

काठमाण्डौ:

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भएको छ।
जम्मा ११ हजार ३५४ वटा नमूना पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४ मा परीक्षण गर्दा ११३२ मा संक्रमण देखिएको छ। यससँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोनाबाट मुक्त भएका छन्।

Facebook Comments Box
TOP