बुधबार गण्डकीका ४९६ मा कोरोना, स्याङ्गजाका दुई सहित १२ को मृत्यु ।

पोखरा:
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने स्याङ्गजाका दुई सहित १२ को मृत्यु भएको छ । जम्मा १६७६ जनामा गरिएको नमुना परीक्षणमा उक्त जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् जसमध्ये स्याङ्गजाका २८ जना, तनहुँका २९ जना, कास्कीका १९८ जना, गोरखाका २१ जना, लमजुङका चार जना र नवलपुरका ९२ जनामा, पर्वतका २५ जना, बागलुङका ५९ जना, म्याग्दीका आठ जना, मुस्ताङका १६ जना र मनाङ जिल्लाका १६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७९ हजार ८९६ पुगेको छ । यस्तै २४ घण्टामा गण्डकीबाट ३८० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७४ हजार २३९ पुगेको छ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२५९ पुगेको निर्देशनालयले जनाएको छ।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…