गण्डकीमा ५५३ जनामा कोरोना, ८ को मृत्यु ।

पोखरा:
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा ५५३ जनामा कोरोना भएको छ भने आठ जनाकोे मृत्यु भएको छ । जम्मा १२५३ जनामा गरिएको नमुना परीक्षणमा उक्त जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १९७ जना, तनहुँका ५६ जना, गोरखाका ५६ जना, लमजुङका दुई जना र नवलपुरका ५० जना, स्याङ्गजाका ७४ जना, पर्वतका छ जना, बागलुङका ६६ जना र म्याग्दी जिल्लाका ४६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७३ हजार १८१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४६५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६६ हजार ५६ पुगेको छ।
मंगलबार गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, म्याग्दीका एक जना, लमजुङका एक जना र कास्की पोखरा महानगरपालिकाका विभिन्न वडाका पाँच जना छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११४९ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…