स्याङजा : कोरोनाको कहरका बीच होटलमा तास खेल्ने १२ जना पक्राउ

स्याङजा : भीरकोट नगरपालिका वडा नं. २ ठाडोलाईन स्थित भाडामा लिई संचालन गरेको बिबेक होटलमा तास खेलीरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट एक लाख ७६ हजार ४ सय ५ रुपैंया सहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा सम्बन्धी कसुर मुद्धामा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भई रहेको प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…