सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसवेनमा हुने  ।

 

टोकियो:

सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाली सहर ब्रिसवेनमा हुने भएको छ ।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले ब्रिसवेनको पक्षमा भएको निर्णय सुनाएका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको विशेष अधिवेशनमा भएको मतदानले यो निर्णय गरेको थियो ।

ओलम्पिक आयोजना गर्ने सहरको होडमा ब्रिसवेन सबैभन्दा अगाडि थियो र उसको पक्षमा आएको निर्णय अपेक्षित मानिएको छ । बाखले भनेका छन्, ‘३५ औं गृष्मकालीन ओलम्पिक ब्रिसवेनमा हुने घोषणा गर्दा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी गर्व महसुस गर्छ ।’ यस घोषणालगत्तै टोकियोमा रहेका ब्रिसवेनका प्रतिनिधिले तत्काल खुसीयाली मनाए । यतिखेर ब्रिसवेनमा पनि खुसीयाली छाएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको १५ सदस्यीय कार्यकारी समितिले ब्रिसवेनलाई एकमात्र प्रत्याशीका रूपमा अगाडि सारेको थियो । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले यसलाई ऐतिहासिक उपलब्धि भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘यो ब्रिसवेन र क्विन्सल्यान्डका लागि मात्र होइन, पूरा अस्ट्रेलियाका लागि खुसीको उपलब्धि हो ।
अस्ट्रेलियाले यसअघि दुईपल्ट ओलम्पक आयोजना गरिसकेको छ । सन् १९५६ मा मेलबर्न र २००० मा सिड्नीले ओलम्पिक आयोजना गरेका थिए । त्यसमध्ये सिड्नी ओलम्पिकलाई यसको इतिहासकै सबैभन्दा सफल प्रतियोगितामध्ये एक मानिन्छ

Facebook Comments Box
TOP