जनसम्पर्क समिति डेनमार्कको विवाद चरम उत्कर्षमा ।

अमृत पौडेल (चन्डि)/युरोप:

जनसम्पर्क समिति डेनमार्कको विवाद पछिल्लो समय सतहमा आउने गरि देखिएकोछ । नेपाली काँग्रेसको विदेश स्थित भातृ संस्था जनसम्पर्क समिति डेनमार्कमा देखिएको  यो विवाद पहिलो भने होइन तर सबैले मिल्नुपर्छ भन्ने दबाब परेपछि केही विवाद समाधान भएका पनि थिए । वर्तमान सभापति वीरेन्द्र सिंह कार्की माथि जनसम्पर्कको गर्नुपर्ने अधिवेशन पनि समयमा गर्न नसकेको र आंफै दुई दुई पटक म्याद थप गरि गरि पदमा बसेको आरोप खेपिरहेका समय पछिल्लो विवादले उनको कार्यकाल झन् विवाद देखिएको छ । केन्द्रले छ महिना भित्र अधिवेशन गर्नु भनि पत्र काटे पनि उनले अधिवेशन गर्न नसक्नुमा केही नियत देखिन्छ ।
नेपाली काँग्रेस पार्टीको महाधिवेशन नजिकिंदै जाँदा क्रियाशील सदस्यता वितरणमा पछिल्लो विवाद देखिएको हो । नेविसघका पुर्व केन्दिय सदस्य तथा जनसम्पर्क समिति डेनमार्कका सदस्य दिनेश शर्माका अनुसार क्रियाशील सदस्यता वितरण गर्न एक समिति बनेको थियो तर उक्त समितिले आफुखुुिस एक हजार क्रियाशील सदस्य बनाएको थियो । नयाँ तथा पुराना ती सदस्यहरूलाई छानबिन गरि क्रियाशील सदस्य ता वितरण गर्नुपर्नेमा, छानबिन समितिका संयोजकले रातारात अन्तिम नामावली भन्दै सामाजिक सञ्जालमा एकलौटी रुपमा आफ्नो पक्षका सदस्यको नाम प्रकाशित गरेकोमा अर्को पक्षले असहमति प्रकट गरेको हो ।

 

Facebook Comments Box
TOP