स्याङजामा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टा’ पुष्टि, थप सतर्कता अपनाउन अनुरोध

corona-check

स्याङजामा कोरोना भाईरसको नयाँ भेरियन्ट डेल्टा पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार स्याङ्जा र गोरखा जिल्लामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको हो ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षीय २ पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया ३ महिलामा नयाँ भेरियन्टसहितको संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि जेठ ३१ गते जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएका ५ वटा नमुनाहरुमा नयाँ भेरिएन्ट फेला परेको हो ।
यससँगै सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन निर्देशनालयले अनुरोधसमेत गरेको छ ।
यसैबीच स्याङजामा पुष्टि भएका भनिएका दुवैजना संक्रमित निको भएर घर फर्किसकेका कालीगण्डकी गाँउपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, अहिले त्यस्तो कुनै समस्या छैन ।

delta syangja
delta syangja
Facebook Comments Box
TOP