शनिबार स्याङ्जाका १९ सहित गण्डकीमा थप १७३ जनामा कोरोना ।

logo

पोखरा:

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १९ सहित गण्डकीमा थप १७३ जनामा कोरोना पुष्टि भएको छ । १ हजार तीन जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा स्याङ्गजा सहित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्की ५७ जना, तनहुँका २१ जना, गोरखाका पाँच जना, लमजुङका एक जना, नवलपुरका ४५ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, पर्वतका तीन जना, बागलुङका चार जना र म्याग्दीका दुई जनामा कोरोना पोजेटिभ भएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५६ हजार ७५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५२ हजार ६५४ पुगेको छ।

शनिबार गण्डकीमा एक जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टी हुनेमा लमजुङ जिल्लाको ८४ वर्षीया महिला रहेकी छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९५९ पुगेको निर्देशनालयले जनाएको छ ।

Facebook Comments Box
TOP