स्याङ्गजाका २१ सहित गण्डकीका ४७१ जनामा कोरोना ।

corona virus

पोखरा:

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा स्याङ्गजाका २१ जना सहित गण्डकीका ४७१ जनामा कोरोना भएको छ। जम्मा १ हजार ३२ जनामा गरिएको नमुना परीक्षणमा ४७१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा स्याङ्गजाका २१ सहित कास्कीका २७४ जना , तनहुँका ३४ जना, गोरखाका ३९ जना, लमजुङका तीन जना, नवलपुरका ५७ जना, पर्वतका पाँच जना, बागलुङका ३१ जना र म्याग्दी जिल्लाका सात जनामा कोरोना पुष्टि भएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६३ हजार १९५ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ६५५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५९ हजार २२९ पुगेको छ।

बिहीबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा तनहुँका एक जना, बागलुङका एक जना र कास्कीका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०४४ पुगेको निर्देशनालयले जनाएको छ ।

Facebook Comments Box
TOP