पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना,२१ जनाको ज्यान गयो।

काठमाण्डौ:
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको ज्यान गएको छ । जम्मा १० हजार ६६ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ६८५८ जनाको पिसिआर परीक्षणबाट १३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३२०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा २१६४ जना संक्रमणमुक्त भएका छन्।
आज मृत्यु हुनेसहित देशभर कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ९५२७ पुगेको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…