पछिल्लो २४ घण्टामा गण्डकीमा ३४४ जनामा कोरोना, ६ को मृत्यु ।
पोखरा:
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३४४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ भने ६ जनाको मृत्यु भएको छ । १ हजार १३१ जनामा गरिएको नमुना परीक्षणमा उक्त जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत स्याङ्गजाका १२ जनामा , कास्कीका १४९ जना, तनहुँका ४३ जना, गोरखाका ३० जना, लमजुङका २० जना, नवलपुरका १९ जनामा, पर्वतका १७ जना, बागलुङका ५१ जना र म्याग्दीका ३ जनामा कोरोना देखिएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५९ हजार ७८५ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ४४८ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार १४६ पुगेको छ।
आज मृत्यु पुष्टी हुने ६ जनामा नवलपुरका एक जना, तनहुँका एक जना, बाग्लुङका एक जना, म्याग्दीका एक जना, लमजुङका एक जना र स्याङ्गजा जिल्लाका एक जना छन् ।आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १००८ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
५ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…