पछिल्लो २४ घण्टामा गण्डकीमा ४१० जनामा कोरोना, ७ जनाको मृत्यु ।

पोखरा :
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा ४१० जनामा कोरोना पोजेटिभ देखिएको छ भने सात जनाको मृत्यु भएको छ । १ हजार १५३ जनामा गरिएको नमुना परीक्षणमा उक्त नतिजा आएको हो । हालैका दिनमा गण्डकीमा संक्रमितको संख्यामा वृद्धि हुँदै आएको छ ।
आज गण्डकीका संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २१४ जना, तनहुँका ११ जना, नवलपुरका चार जना र स्याङ्गजाका चार जना, पर्वतका २९ जना, बागलुङका ११९ जना र म्याग्दी जिल्लाका चार जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५९ हजार १६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३०० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५५ हजार २७२ पुगेको छ।
संक्रमितको संख्यामा वृद्धि हुँदै गर्दा मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको छ । आज मृत्यु हुनेमा बागलुङका दुई जना, म्याग्दीका एक जना, तनहुँका एक जना, कास्कीका दुई जना र स्याङ्गजा जिल्लाका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १००१ पुगेको निर्देशनालयले जनाएको छ । निषेधाज्ञा खुकुलो भएसंगै निर्देशनालयले संक्रमण पुनः बढ्न सक्ने भन्दै स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पालना आग्रह गरिरहेको छ।
समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…