स्याङ्जाका १२ जना सहित गण्डकीमा थप ३७९ जनामा कोरोना पुष्टि ।

पोखरा :

प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १२ जना सहित गण्डकीमा थप ३७९ जनामा कोरोना पुष्टि भएको छ । स्याङ्गजाका ८२ जनाको परीक्षणमा उक्त जनामा कोरोना पुष्टि भएको हो ।

थपमा  कास्कीका १९४ जना, तनहुँका ४४ जना, गोरखाका नौ जना, लमजुङका १४ जना, नवलपुरका ४६ जना ,यस्तै, पर्वतका १० जना, बागलुङका २७ जना, म्याग्दीका २१ जना र मुस्ताङ जिल्लाका दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५६ हजार ५७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ११६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५२ हजार ३७७ पुगेको छ।

शुक्रबार गण्डकीमा दुई जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुने दुवै जना तनहुँ जिल्लाका रहेकाछन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९५८ पुगेको निर्देशनालयले जनाएको छ ।

Facebook Comments Box
TOP