आज विश्व वातावरण दिवश ।

खगिन्द्र पौडेल/स्याङजा :
आज जुन ५ मा गत बर्ष जस्तै यो बर्ष पनि कोरोना भाइरसको महामारीका कारण भर्चुअल छलफल गरी विश्व वातावरण दिवस मनाइँदैछ । यस वर्षको विश्व वातावरण दिवसको नारा “प्राकृतिक प्रणालीको पुनःस्थापना ” रहेको छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो।

मानिस सहित करोडौं प्रजातिहरुको साझा घर हो पृथ्वी । यही साझा घरमा हरेक जीवहरुको आ–आफ्नो महत्व, विशेषता र अस्तित्व छ ।
ढुंगाको भर माटो, माटोको भर ढुंगा जसरी नै एउटा जीवको अस्तित्व अर्को जीवसँगै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गाँसिएको हुन्छ । पृथ्वीको यही विशिष्टकृत इकोसिस्टमले सबैलाई प्राणीहरुलाई बचाएको छ । स्वास्थ्य पारिस्थितकीय प्रणाली स्वास्थ्य जीवनको द्योतक पनि हो । प्रकृतिले हरेक जीवहरुका लागि बाँच्ने पाउने आधार निर्माण गरिदिएको छ । मानिसले आफ्नो महत्वकांक्षा पूरा गर्न प्रकृतिमाथि निरन्तरको दोहनले अन्य प्रजातिहरु पनि जोखिममा परेका छन् । यस्तो अवस्थामा प्रकृति र पारिस्थितकीय प्रणाली खल्बलिएर मानिस लगायत समस्त प्राणि जगतको अस्तित्व सकिन सक्छ । त्यसैले मानव जगतले बेलैमा सोच्ने बेला आएको छ, नत्र मानव सभ्यता पनि पृथ्वीको इतिहासमा डाईनोसरको जस्तै गर्वमा विलाउने छ ।

Facebook Comments Box
TOP