स्याङ्जामा फेरी एक हप्ता थपियो निशेधाज्ञा, के के गर्न पाईन्छ ? (सूचना सहित) ।

jipraka_pic_new

स्याङ्जा :
स्याङ्जामा आउँदो असार ७ सम्मका लागि निषेधाज्ञा बढाईएको छ । जेठ ३१ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर असार ७ गते सम्म पुर्याईएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखिे निषेधाज्ञा शुरु भएको हो ।
सो अवधीमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गरिने भएको छ । बैकिङ्ग सेवा बन्द भएपनि एटिएम सेवा भने सुचारु राखिने छ । थप गरिएको निषेधाज्ञालाई कडाईका साथ लागु गरिने भएको छ ।
औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।
स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म ९३ ज्यान गुमाएका छन भने दुई हजार ९ सय २९ जना संक्रमित मध्ये नौं सय ५० सक्रिय संक्रमित रहेका छन् ।

Lock Down Notice 2078-02-30

Facebook Comments Box
TOP