राष्ट्रिय आविष्कार केन्द्रद्वारा नेपालमै पहिलो मिनि अक्सिजन प्लान्ट भीरकोटमा निर्माण ।

Oxygen plant picture syangja (2)

स्याङ्जा :
राष्ट्रिय आविष्कार केन्द्रले वैकल्पिक प्रविधिवाट अक्सिजन मिनि अक्सिजन प्लान्ट निर्माण गरी सोमवार स्याङ्जाको भीरकोट नगरपालिका स्थित भीरकोट नगर अस्पताललाई हस्तान्तरण गरेको छ ।
महाविर पुनको नेतृत्वमा सन्चालित राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै पहिलोपटक मिनि अक्सिजन प्लान्टवाट अक्सिजन उत्पादन गर्ने प्रविधिको सफल परीक्षण पछि भीरकोट नगर अस्पताललाई हस्तान्तरण गरेको हो । नगरपालिका र आविष्कार केन्द्रको संयुक्त लागतमा उक्त प्लान्ट निर्माण गरिएको भीरकोट नगरपालिकाका नगर प्रमुख छाँयाराम खनालले जानकारी दिनुभयो ।

कोभिड १९ को दोस्रो भेरियन्टको महामारी फैलिएको र अक्सिजन सिलिण्डरको अभाव भैरहेको बेला आविष्कार केन्द्रले अक्सिजन उत्पादन वैकल्पिक विधिवाट एकै साथ अस्पतालका सबै वेडहरुमा पुग्ने आविष्कार गरी नगर अस्पतालमा जडान गरेकोमा नगर प्रमुख खनालले आविष्कार केन्द्र र महाविर पुनलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
झण्डै २० लाख लागतमा उक्त प्लान निर्माण सम्पन्न गरिएको आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले जानकारी दिनुभयो । नेपालमा कोरोनाको दोस्रो लहरको सुरुवातीवाटै आविष्कार केन्द्रका इन्जिनियर उमेश किराँत र आफूले अक्सिजनको लागि वैकल्पिक व्यवस्थाको लागि यो प्रविधिको आविष्कार गरिएको उहाँले बताउनु भयो ।


मिनि प्लान्टमा साटवटा अक्सिजन कन्सन्ट्रेटरलाई एसेम्वल गरी ६५ लिटर प्रति मिनेट अक्सिजन त्यसवाट उत्पादन गरी दुईवटा टंैक जसमा लो प्रेसर टैंकवाट कम्प्रेशर गरी हाईप्रेशर टैंक मार्फत अस्पतालका १२ वटा शैयामा प्रति मिनेट ६५ लिटर अक्सिजन जडान गरिएको छ । जडान गरिएको अक्सिजन आवश्यकता अनुसार प्रेसर थप घट गर्न सकिने गरी जडान गरिएको उहाँले जानकारी दिनुभयो ।
कोरोना संक्रमण वढदो अवस्थामा अक्सिजनको अभावलाई परिपूर्ती गर्न छोटो समयमा वैकल्पिक प्रविधिको रुपमा आविष्कार गरिएको यो प्लान्ट सफल भएको अर्का वायोमेडिकल इन्जीनियर उमेश किराँतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो यो प्रविधि अव देशका विभिन्न ठाँउहरुमा जडान गरिने छ ।

मिनि अक्सिजन हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले सरकारले निर्णय गरी भीरकोट नगर अस्पतालमा निर्माण गर्ने भनिएको अक्सिजन प्लान्टलाई राजनीतिकरण गरी अन्यत्र लैजाने षडयन्त्र भएकोमा विरोध जनाउनु भयो ।
कार्यक्रममा अर्जुनचौपारी गाँउपालिकाका प्रमुख दिर्घनारायण अर्याल, वालिङ नगरपालिकाका उप प्रमुख कल्पना तिवारी, भीरकोट नगर अस्पताल व्यवस्थापन समितीका अध्यक्ष तोयानाथ अर्याल, भीरकोट नगरपालिकाका नगर प्रवक्ता दिपेन्द्र केसी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषाल, अधिकृत यामप्रसाद रेग्मी लगायतले महाविर पुन र आविष्कार केन्द्रले महामारीका वेला गरेको उत्कृष्ठ कार्यको प्रशंसा गरेका थिए ।

Facebook Comments Box
TOP