गण्डकी : प्रदेश प्रमुखकहाँ पुगे विपक्षी

krishna chandra nepali

पोखरा : कांग्रेस नेतृत्वको गठबन्धन बहुमत दाबी गर्दै प्रदेश प्रमुखकहाँ गएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमत दाबी गरेर आउन दलहरुलाई आह्वान गरेपछि विपक्षीहरु गएका हुन् ।

कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जनमोर्चाका २ (कृष्ण थापा बाहेक ), जनता समाजवादीका २, स्वतन्त्र सांसद दीपक मनाङेको हस्ताक्षर सहित उपस्थित भएको जनाइएको छ । प्रदेश प्रमुखले दाबी हेरेर सरकार गठन गर्न दिने/नदिने निक्र्योल गर्ने छिन् ।

गण्डकीमा भोलिसम्म बहुमत दाबी गरेर आउन प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी थिइन्। संविधानको १६८ (५) अनुसार सरकार गठनका लागि बहुमत दाबी गरेर आउन प्रदेश प्रमुखले आह्वान गरेकी हुन् ।

बिहीवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएपछि प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेकी हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका छन् । अविश्वासमा ३० र तटस्थमा १ मत खसेको छ । १ सांसद अनुपस्थित रहे । जनमोर्चाका कृष्ण थापाले तटस्थमा मत हालेका हुन् ।

कांग्रेस नेतृत्वको गठबन्धनमा ४ दल गुरुङ सरकार ढाल्न लागेका थिए । कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर यो गठबन्धनले अविश्वास प्रस्ताव समेत ल्याएको थियो । २ वैशाखमा अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा पेश भएको थियो । तर अविश्वास प्रस्तावमा मतदान हुन पाएको थिएन ।

१५ वैशाखको बैठकमा मतदान हुने कार्यसूची भएपनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए । पछि कार्यव्यवस्थाको बैठकले २७ वैशाखमा अविश्वासमा मतदान हुने निर्णय गरेको थिया । मतदान हुनु एक दिन अघि मुख्यमन्त्री गुरुङले राजीनामा दिएर मार्ग प्रशस्त गरेका थिए ।

प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमत दाबी गरेर आउन विपक्षीलाई समय दिएपनि उनीहरु जान सकेनन् । र ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा पृथ्वीसुब्बा नै दोहोरिएका थिए । समाधान

Facebook Comments Box
TOP