गण्डकी प्रदेशमा ५४० जना कोरोनामुक्त

coronavirus_pic_web

पोखरा  : गण्डकी प्रदेशको ५ सय ४० जना कोरोनामुक्त भएका छन् । बुधबार ३ सय ७६ जना निको भएकोमा बिहीबार त्यो संख्या बढेको हो । पछिल्लो केही दिन यता कोरोना संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी छ । योसँगै प्रदेशमा कोरोना जित्नेको संख्या ४९ हजार ३ सय ७१ पुगेको छ ।

गण्डकी प्रदेशमा थप ३ सय २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । १ हजार ३ सय ४ जनाको नमुना परीक्षण गरिएकोमा २४.६१ प्रतिशत संक्रमित भएका हुन् । कास्कीका १ सय १८ सहित म्याग्दीका ३ जना, पर्वतका ४ जना, गोरखाका २६ जना लमजुङका २६ जना तनहुँका ३५ जना, बागलुङका ३० जना स्याङ्जाका १० जना, मुस्ताङका ४३ जना र नवलपुरका २६ जना गरी प्रदेशका १० जिल्लामा १ सय ७७ पुरुष तथा १ सय ४४ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार ७ सय ८ पुगेको छ ।

देशभर १ हजार ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ७ हजार २ सय ३५ पिसिआर परीक्षणमा १ हजार ५ सय ७७ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ९ सय ९७ एन्टिजेन परीक्षणमा ८ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ । पिसिआर र एन्टिजेन परीक्षणबाट २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पिसिआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २९ हजार ४ सय ३१ पुगेको छ । यस्तै, २४ घन्टामा २ हजार ५ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भई निको हुनेको संख्या ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ ।

 

Facebook Comments Box
TOP