गण्डकीमा ६८० जनामा संक्रमण,१० जनाको मृत्यु पुष्टि ।
पोखरा:
पछिल्लो २४ घण्टामा गण्डकीका थप ६८० जनामा कोरोना संक्रमण तथा १० जनाको मृत्यु पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकीका १ हजार ५५४ जनामा गरिएको नमुना परीक्षणमा ६८० जनामा कोरोना पोजेटिभ आएको हो भने १० जनाको मृत्यु भएको छ ।
आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १५५ जना, स्याङ्गजाका ४९ जना, तनहुँका ४९ जना, गोरखाका ७५ जना, लमजुङका ४४ जना र नवलपुरका १२२ जना छन् ।यस्तै, पर्वतका ४८ जना, बाग्लुङका ११८ जना र म्याग्दी जिल्लाका २० जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ । आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४५ हजार ४२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ९४६ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३५ हजार २५० पुगेको छ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७३३ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्रीवालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
४ दिन अगाडि
वालिङ : वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ, स्याङ्जाले सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । सहकारीले…