थप ५ हजार १५३ जना संक्रमित, १०८ जनाको मृत्यु ।
काठमाण्डौ :
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार गत २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन भने १०८ जनाको मृत्यु भएको छ । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् ।
यहि समयमा ६ हजार ५७० जना निको भएका छन् । हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर बढेर ८४.७ प्रतिशत पुगेको छ । पछिल्ला दिनमा निको हुने दर बढेसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ मा झरेको छ । हाल सक्रिय संक्रमितमध्ये ७६ हजार ५५० जना होम आइसोलेसनमा, ६ हजार १८६ जना संस्थागत आइसोलेशनमा, १ हजार ३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म कोभिड–१९ को संक्रमणबाट ८ हजार ९८ जनको मृत्यु भइसकेको छ । नेपालमा निको हुने दर बढे पनि मृत्यु हुने दर घट्न नसकेकोमा विज्ञहरु चिन्तित छन ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


