थप ३ हजार ४७९ संक्रमित, ९९ जनाको मृत्यु  ।

काठमाडौं:
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जनामा कोरोना संक्रमण तथा ९९ जनाको मृत्यु पुष्टि भएको छ। त्यस्तै ६ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस सँगै हाल देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ । ।

Facebook Comments Box
TOP